भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १, २०८०
|
|
२ पटक हेरिएको
Shares
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने

सारांश

  • १ मंसिर, काठमाडौँ ।
  • भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ ।
  • भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो ।

१ मंसिर, काठमाडौँ । भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ ।

जी–२० को अध्यक्षता अवधिभर भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको बताइएको छ । भारतको अध्यक्षतामा सम्पन्न जी–२० बैठकले हासिल गरेका मुख्य उपलब्धिहरू भारतले समिटमा साझा गर्नेछ । विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ ।

अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने सबैको साझा आकाङ्क्षालाई पुरा गर्न आवश्यक तरिकामाथि यो समिटमा छलफल हुने बताइएको छ । साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख/सरकार तहमा हुनेछन् र प्रधानमन्त्री मोदीले यसको सञ्चालन गरेका छन् । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण