लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सारांश

  • मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।
  • जेठ २६ गतेदेखि विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्।
  • अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए।

 

४ असार, सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

जेठ २६ गतेदेखि विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्।अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए। उनले भने, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो। यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन। त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन।”

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकोप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए। सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकोप्टरले पर्यटक काठमाडौं लैजाने गरेको उनले बताए। भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए। यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन्। यद्यपि, मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनी बताउँछन्। “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उनले भने ।

छैन मौसममा सुधारको संकेत

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। कोसी प्रदेशमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोसीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

उनले भने, “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ।” सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ।

विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए