२६ जेष्ठ २०८२, आईतवार

परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार

२१ वैशाख, काठमाडौँ । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ ।

कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।  स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए ।

‘आवाज आएको हो तर के को भन्ने निश्चित छैन । घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य भन्ने सूचना छ’, डीएसपी चन्दले रातोपाटीसँग भने,‘अनुसन्धान भइरहेको छ । अहिलेसम्म कोही पनि पक्राउ परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?