भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २८, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका

सारांश

  • भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
  • भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो ।

२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ ।

डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

भारतको बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीसँग कुराकानी गरी उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेको बताएका छन् ।

केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनामा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारमा ध्यान दिन सम्बन्धित अधिकारीलाई आग्रह गरेको उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...