१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
२८७ पटक हेरिएको
Shares
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

सारांश

  • बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ ।
  • नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।
  • बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् ।

१३ भदौ, काठमाडौं ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् । १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।

बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय ११४ जना छन् । यस्तै, दक्षिण कोरियाली २० जना, चीनका २७ जना, जर्मनी र माल्टाका ४/४ र अमेरिकी, इटालीका ३–३ जना छन् । बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढी प्रभावित जिल्लाका केही खण्डबाहेक अन्य सडक सूचारू भएको समेत उल्लेख गरेको छ । यद्यपि यात्रामा जानुअगाडि मौसमबारे जानकारी लिनसमेत बोर्डले पर्यटकलाई सूचित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
आज भूकम्प स्मृति दिवस मनाइँदै
आज भूकम्प स्मृति दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...