निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

सारांश

  • ६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् ।
  • यद्यपि, उनको मन भने गलीसकेको छ ।
  • मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो ।

७ चैत, सिरहा ।

६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो । बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ ।

‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’ गंगादेवी अनलाइनखबर दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’ गंगादेवीले सुनाएको यो अनुभव सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ । देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन । यही बस्तीमा जुगेश्वरीदेवी रामले झन्डै जुनी बिताइसकिन । कपालले रंग फेरेर सेताम्मे भइसके । तर, उनले वर्षौअघि पानीका लागि भोग्दै आएको अपमान उस्तै छ ।

‘पहिला खेतको बोरिङबाट पानी ल्याउँथ्यौँ, कैयौँ दिन त पानी नहुँदा बालबालिका भोकै काममा गएका छन्,’ जुगेश्वरीको अनुभव छ,‘यहाँ पानीका दुःख कहिल्यै गएनन् ।’ नेताहरूप्रति निपाने बस्तीसँग अहिले गुनासो, गुनासोमा सीमित छैन, आक्रोशमा बदलिइसकेको छ । बहुदल आएपछि भएका हरेक चुनावमा नेताहरूले ‘पानी ल्याइदिने’ वाचा गरेरै भोट मागेका छन् । तर, त्यो पानी निपानेमा कहिल्यै आएन । गाउँको बिचमा ६ महिनाअघि गोलबजार नगरपालिकाले एउटा बोरिङ भने जडान गरिदिएको छ । तर, त्यो बोरिङमा सफा पानी अहिलेसम्म झरेको छैन । ‘कहिल्यै त्यो बोरिङ नै चल्दैन ।

चलिहालेछ भने फोहोर पानी फाल्छ,’ स्थानीय रामकुमारी महरा भन्छिन् । बोरिङ निर्माणको जिम्मा पाएका ठेकेदार कपिल साहले आफूले योजनाअनुसार नै मेसिन जडान गरेको बताउँछन् । ‘हामीले त जडान गरेकै हौँ, तर गाउँमा पानीको निकास नभएकाले धमिलो पानी आएको हुनसक्छ,’ उनले भने, ‘मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी गरिरहेका छौँ । पानी निकासको बाटो खुल्यो भने पानी सफा हुन थाल्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु