कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
८ माघ, विराटनगर ।
कुलमान घिसिङ नेतृन्वको उज्यालो नेपाल पार्टी (उनेपा)का ३ केन्द्रीय सदस्यले राजीनामा दिएका छन । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत छन । उनीहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले राजीनामा गरेका हुन् । कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए ।

यसअघि उनीहरु लामो समयदेखि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण हुनु पर्ने भन्दै आन्दोलनको नेतृत्वमा थिए । उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नभएको भन्दै पार्टी छाडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेदवारमा समावेश छ । कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजन हुँदा केही नेता रास्वपामै रहेर पहिलो धक्का पाएका थिए ।





Post Comment