सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही, पुस २१
जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सर्लाहीले आगामी निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

पार्टी स्थापना कालदेखि नै प्रचार–प्रसार, संगठन निर्माणलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका यादव हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहेका छन्। क्षेत्र नं. ३ बाट उनीसँगै रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम पनि सिफारिस गरिएको छ। यसैगरी, जिल्ला समितिले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।
जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत यी सिफारिसहरू पार्टीको केन्द्रमा पठाइएको जिल्ला समितिले जानकारी दिएको छ। जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद”लाई मूल नाराका रूपमा लिँदै आगामी निर्वाचनलाई लक्षित गरी संगठनात्मक तयारी तीव्र बनाउँदै लगेकाे पनि समितिले जनाएको छ।





Post Comment