२३ माघ २०८२, बिहीबार

दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत

 

सप्तरी, १२ पुष। आदित्य अजय

सप्तरीका क्रियाशील पत्रकार आदित्य अजयले एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। उनले राजविराज नगरपालिका–२ मा बसोबास गर्दै आएका दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका एक विपन्न परिवारको घरमै पुगेर खाद्यान्न वितरण गरेका हुन्।

पब्लिक खबर २४ का अध्यक्षसमेत रहेका आदित्य अजयले सामाजिक उत्तरदायित्व वहन गर्दै राहतस्वरूप खाद्यान्न सहयोग गरिएको बताए। आर्थिक रूपमा कमजोर अवस्थाका कारण दैनिक गुजारामा कठिनाइ भोग्दै आएको परिवारलाई तत्काल सहयोग पुग्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको उनको भनाइ छ।

पब्लिक खबर २४ का म्यानेजर सन्तोष कुमार माझीका अनुसार उक्त परिवारलाई ५० केजी चामल, ५ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगायतका अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको हो।

खाद्यान्न पाएपछि सहयोग प्राप्त परिवार खुसी देखिएको स्थानीयले बताएका छन्। यस अवसरमा पत्रकार आदित्य अजयले समाजमा रहेका विपन्न तथा कमजोर वर्गलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Post Comment

छुटाउनुभयो कि ?