८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
९ पुष, सप्तरी ।
छिन्नमस्ता गाउँपालिका-४ बाट अवैध लागू औषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम कुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । हाल उनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।




Post Comment