एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
४ पुस, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११ औँ महाधिवेशनलाई सबै कोणबाट सफल भएको बताएका छन्। शुक्रबार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ११ औँ महाधिवेशन सफलताको महाधिवेशन हो।’

अध्यक्ष ओलीले यो नतिजा सिंगो पार्टीको सामूहिक प्रयासबाट आएको उल्लेख गर्दै भने, ‘यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ।’ उनले पार्टी अब नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पारे। ‘हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ, हाम्रो एक आवाज हुनुपर्छ,’ ओलीले भने। ओलीले दोस्रो विधान महाधिवेशनले अघि सारेको नीति अनुसार अघि बढ्ने बताउँदै भने, ‘ती नीतिहरूमा हामी एक स्वर भएर, परेडमा आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ।’




Post Comment