२३ माघ २०८२, बिहीबार

धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति

 

२८ मंसिर, सर्लाही । राजु यादव सबैको साथ

सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी र स्थानीयको सहयोगमा राति करिब ९ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिक रूपमा जली घाइते भएका छन् । साथै घरगोठमा राखिएको पाँच क्विन्टल धान, उक बोरा चामल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?