२३ माघ २०८२, बिहीबार

काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु

 

२८ मंसिर, काठमाडौं ।

काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–२, पात्लेखेतका ८२ वर्षीय पोटबहादुर कटुवाल छन् ।

आइतबार बिहान पात्लेखेतस्थित सडकमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ४८०८ नम्बरको बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

Post Comment

छुटाउनुभयो कि ?