२३ माघ २०८२, बिहीबार

रोहित पौडेलले लिए ह्याट्रिक विकेट, खुल्नै पाएनन् दीपेन्द्र

 

२७ मंसिर, काठमाडौं । 

नेपाल प्रिमियर लिगअन्तर्गत जारी फाइनल खेलमा ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सको लगातार विकेट पतन रोकिएको छैन।  ११औँ ओभर आइपुग्दा ६ विकेट झरिसकेको छ। ११औँ ओभरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीसहित ह्याट्रिक विकेट लिएका हुन्। ऐरीबाहेक दीपक बोहरा, पुनित मेहराको पनि विकेट झारेका हुन्।

उनले ११औँ ओभरमा लगातार अन्तिम ३ बलमा तीन विकेट लिए। उनले ४ ओभरमा १२ रन मात्रै दिए। रोहितको ह्याट्रिक विकेटमा परेका दीपेन्द्रले १ छक्कासहित २० बलमा १३ रन बनाए। उनी बल्ल खुलेर खेल्न खोज्दै थिए। दीपक र पुनितले भने रन नै जोड्न सकेनन्।  लगातार विकेट पतनपछि सुदूरपश्चिम दबाबमा देखिएको छ। उसले यसअघि नै विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाइसकेको छ।  रोहितबाहेक लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले क्रमशः २ र १ विकेट झारेका हुन्।

Post Comment

छुटाउनुभयो कि ?