सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्यो : महेश बस्नेत
२२ मंसिर, काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उनको धारणा छ ।

‘सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । सरकारकै निर्देशनमा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिइरहेका उनको भनाइ छ ।





Post Comment