एनपीएलमा आज दुई खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
८१ पटक हेरिएको
Shares
एनपीएलमा आज दुई खेल हुँदै

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।
  • यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

२० मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।

सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो ३ः३० सुरु हुनेछ । चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
दश महिनामा आठ हजार बढी विपद्का घटना
दश महिनामा आठ हजार बढी विपद्का घटना
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन