सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एनपीएलमा आज दुई खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
११५ पटक हेरिएको
Shares
एनपीएलमा आज दुई खेल हुँदै

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।
  • यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

 

२० मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।

सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो ३ः३० सुरु हुनेछ । चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही