जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
१९ मंसिर, काठमाडदं ।
नेपाल प्रमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जनकपुरले आजको खेलमा एक परिवर्तन गरेको छ । यसअघि कप्तानको जिम्मेवारी पाएका वायन पार्नेलको स्थानमा संगीथ कूरे आएका छन् । पार्नेल पेलेइङ-११ मै नपरेपछि जनकपुर बोल्ट्सले आज फेरि कप्तान परिवर्तन गरेको छ । आज जान निकोल लफ्टी इटनले कप्तानी गरेका छन् ।
आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ । यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन् । जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ । लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई हराएको छ । जनकपुरले पनि चितवन राइनोजलाई हराएर आएको हो ।





Post Comment