९ चैत्र २०८२, सोमबार

चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

१८ मंसिर, काठमाडौं ।

नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ ।चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।


सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भए पनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।

Post Comment

छुटाउनुभयो कि ?