चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
४ कात्तिक, चितवन ।
तिहारको मौकामा ठूलो रकम हारजित हुने गरेर तास खेल्नेलाई जुवा खेलेको आरोपमा प्रहरीले दुईवटा समूहका २१ जनालाई नियन्त्रणमा लिएको छ । साेमबार राति एक समूहलाई रेष्टुरेन्टबाट र अर्को समूहलाई गाउँबाट नियन्त्रणमा लिएकाे हाे । भरतपुर महानगरपालिका-१० हाकिमचोक स्याउली बजारको ओदान रेष्टुरेन्टमा तास खेल्दै गरेका १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । उनीहरूको साथबाट दुई लाख ११ हजार दुई सय १० रूपैयाँ नगद र एक बुक तास पनि बरामद भएको डिएसपी खनाले जानकारी दिए । प्रहरीले सोमबार रााति साढे १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।





Post Comment