मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
३० असोज, जनकपुरधाम ।
मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् । दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।




Post Comment