२३ माघ २०८२, बिहीबार

उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग

६ असोज, काठमाडौं ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरे ।

पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । यसका साथै सरकारी निकायहरूमा प्रयोग गरिने फर्निचर तथा अन्य निर्माण सामग्रीहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय पनि उनले गरेका छन् । मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Post Comment

छुटाउनुभयो कि ?