२५ भाद्र २०८२, बुधबार

सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

१६ भदौ, विराटनगर ।

सङ्घीय लोकतान्त्रिक मोर्चाले आफ्नो जनजागरण अभियान अन्तर्गत आज विराटनगरमा कार्यक्रम गर्न लागेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने सो कार्यक्रम विराटनगरको अतिथि सदनमा हुनेछ । जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनतालाई अवगत गराउन देशका विभिन्न स्थानमा अभियान चलाइँदै आएको हो ।

कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । मोर्चाले यसअघि तय गरेको कार्यतालिकाअनुसार आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा पनि जनजागरण अभियान गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment