अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
३ भदौ, काठमाडौँ।
अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा रानामगर र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच फोनसंवाद भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानामगरको आचरणमाथि प्रश्न उठाउँदै उपसभामुख रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै उपसभामुख रानाले अमेरिकाबाट फोन गरी कोइरालासंग कुराकानी गरेकी हुन्।
‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उपसभामुखले मंगलबार साँझ भनिन्, ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन,‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो । उनले आफ्नो बारेमा कोइरालालाई सबै कुरा थाहा भएको बुताइन्,‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’ नेता डा. कोइराला उपसभामुख रानालाई हटाउन नहुने पक्षमा छन्।
Post Comment