उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
३ भदौ, काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन्। सांसदहरू बिहान १० बजेदखि दलको कार्यालयमा आएर उनीहरुले हस्ताक्षर गरिरहेका छन्।
सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन्। तर हस्ताक्षरको प्रयोजन भने मिडियासामू उनीहरुले खुलाउन चाहेनन्। नेपाली कांग्रेसको आज बिहान पदाधिकारी बैठक बसेको थियो। बैठकमा । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने सम्बन्धमा छलफल भएको बताइएको छ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment