२६ भाद्र २०८२, बिहीबार

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी

३ भदौ, काठमाडौं । 

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन्। सांसदहरू बिहान १० बजेदखि दलको कार्यालयमा आएर उनीहरुले हस्ताक्षर गरिरहेका छन्।

सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन्। तर हस्ताक्षरको प्रयोजन भने मिडियासामू उनीहरुले खुलाउन चाहेनन्। नेपाली कांग्रेसको आज बिहान पदाधिकारी बैठक बसेको थियो। बैठकमा । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने सम्बन्धमा छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment