२५ भाद्र २०८२, बुधबार

कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

 

कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो ।

आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले प्रदेश सरकारले अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नसकेको परिस्थितिमा सुधार ल्याउन यो कार्यालय स्थापना गरिएको बताउनभयोे । “जनतामा करको बोझ नपर्नेगरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको हो,” उहाँले भन्नुभयो ।

मन्त्री रानाका अनुसार कुन–कुन क्षेत्रबाट राजस्व सङ्कलन हुन सकेको छैन भन्ने पहिचान गरी अब कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनमा जोड दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, सशस्त्र प्रहरी बल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment