शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
१८ साउन, रुस ।
रुसको सुदूरपूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो ज्वालामुखी गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्रासेनिनिकोभ ज्वालामुखीले लगभग ६ किलोमिटर उचाइसम्म खरानी फ्याँक्यो।

रुसको आपतकालीन मन्त्रालयले मानिस भएका क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। केही घण्टापछि रुसमा गएको अर्को ठूलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामी चेतावनी जारी गरियो। बिहीबार (जुलाई ३१) रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो।

Related posts:
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको अ...



Post Comment