९ श्रावण २०८२, बिहीबार

१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु

६ साउन, काठमाडौं । 

निजी लगानीमा कोशी प्रदेशको बराहदेखि उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । कम्पनीलाई सर्वेक्षण अनुमतिको दिन लागेको लगानी प्राधिकरणका सीइडी डा. सरोज कोइरालाले बाह्रखरीलाई बताए । उनले बराह क्षेत्र छिन्ताङ केबलकारसँग सम्झौता हुन लागेको जानकारी दिए ।

होटलसहितको केबलकार पूर्वाधार बनाउन १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । बन्न लागेको मुलुकको दोस्रो लामो केबलकार भएको छ । रिसोर्टसहित पोखराको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८० किलोमिटर लामो मुक्तिनाथ केबलको सञ्चालनको तयारी भइरहेको छ । केबलकारको तल्लो स्टेशन बराह क्षेत्रमा र माथिल्लो छिन्ताङमा बनाउन प्रस्ताव गरिएको छ । केबलकार सञ्चालनमा आएपछि बराह क्षेत्रबाट अठाई घण्टामा हिँडेर गुराँशको राजधानी तीन जुरे पुग्न सकिने भएको छ । कम्पनीले ड्रोन लाइडरबाट सर्वेक्षण गर्न लागेको छ ।  केबलकार परियोजना आर्थिक रुपमा आकर्षक देखिएको सीइडी कोइरालाको भनाई छ । संभाव्यता अध्ययनपछि मात्र लागत यकिन हुनेछ ।

नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर आएको छ । केबलकारमा निजी क्षेत्र र बैंकहरुले अर्बौं रुपैयाँ लगानी गरिरहेका छन् । चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो ।  मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् । अहिलेसम्म पहिचान भएका १६ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा छन् । सञ्चालनमा आइसकेका, निर्माणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १६ केबलकारमा मात्र हालसम्म एक खर्ब २० अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ ।

अहिलेसम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक, अन्नपूर्ण, मौलाकाली, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा छन् ।  यस्तै जल्पादेवी, पुम्दिकोट महादेव, चम्पादेवी, पाथीभरा, सिकलेस, छिम्केश्वरी, बराहदेखि छिन्ताङ र विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारीमा रहेको छ । केबलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार, विकट ठाउँमा रहेका मठमन्दिरको संरक्षण, सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप  सहयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?