२६ भाद्र २०८२, बिहीबार

नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए

१ साउन, काठमाडौं ।

नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरुवा भएको छ । आईजीपी दिपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।चार जिल्लाका डीएसपी फेरिएका छन् । भोजपुरमा राजु लामालाई पठाइएको छ । सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई जिम्मेवारी दिइएको छ ।

भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको छ । भोजपुरमा पठाइएका लामा सशस्त्र प्रहरी गण नम्बर–१ मा कार्यरत थिए । कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङ स्थित इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई पठाइएको छ । सिंहदबार सुरक्षा गणमा सिद्धराज न्यौपानेलाई सरुवा गरिएको छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कृष्ण ओझालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment