मन्त्रिपरिषद् बैठक बस्दै
३० असार, काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयका एक सदस्यले बताए । साँझ ६ बजेपछि बस्ने बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
यसैबिच प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल थालेका छन् । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो बाहिरिएपछि विवादमा तानिएका छन् ।





Post Comment