लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
२२ असार, काठमाडौं ।
साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो ।आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो । अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स २.४९ प्रतिशत बढ्यो । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment