बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो

२२ असार, काठमाडौं ।
राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् । यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् । मेयर बालेननिकट स्रोतले अनलाइनखबरलाई बताए अनुसार, गत बिहीबार मेयर बालेनले भण्डारीको निजी निवास भंगालमै पुगेर भेट गरेका हुन् । एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएका थिए ।





Post Comment