११ श्रावण २०८२, शनिबार

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

३० जेठ, कर्णाली ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँकागाउँ नजिकै सुख्खा पहिरो जाँदा दिउँसोदेखि सवारीसाधन चल्न सकेका छैनन्। दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो । पहिरोका कारण सयभन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु पैदल हिँडेर गन्तव्यमा पुग्नु पर्ने अवस्था आएको पहिरो गएको स्थानबाट पत्रकार नेत्रबहादुर शाहीले बताए । उनका अनुसार एक्कासी सुख्खा पहिरो झरेको हो । २० देखि २५ मिटर लामो पहिरो खसेको छ ।

उनले भने, ‘पहिरो पन्छाउन काम अहिलेसम्म भइरहेको छ। स्थानीय प्रहरी प्रशासन र तातोपानी गाउँपालिकाबाट बाटो खुलाउन समन्वय भइसकेको छ ।’ कनकासुन्दरी गाउँपालिका-१ का यात्रु भिमबहादुर भण्डारीले छिटोभन्दा छिटो पहिरो हटाएर राजमार्ग खोल्न आग्रह गरेका छन्।ठुल्ठुला चट्टान खसेकोले सडक खुलाउन अझै समय लाग्ने देखिन्छ। पहिरोले मानवीय क्षति भएको छैन । तर यातायात सेवा ठप्प भएकोले जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरो गएको स्थानमा नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको टोली खटिएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार सडक खुलाउन डोजरले निरन्तर काम गरिरहेको छ । सुर्खेत नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगन्ज जाने यात्रुहरु मर्कामा छन् । छोटो दुरीका सवारीसाधनहरु रोकिएको स्थानीयहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?