बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
२७ जेठ, काठमाडौं ।
हरेक दिनझैँ आज (जेठ २७, मंगलबार) पनि जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ। आज बिहान ८ बजे जारी बुलेटिनअनुसार आगामी ३ दिन (बिहीबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।
यस्तै आज सोलुखुम्बुसहित ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ: आज सोलुखुम्बु, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, पर्वत, म्याग्दी, बागलुङ, सल्यान, जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।
Post Comment