२६ जेष्ठ २०८२, आईतवार

गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ

२३ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजा ल्याउँछु भनेर सडकमा नारा लगाइरहेकाहरू थाकेर फर्किसकेको दाबी गरेका छन्। शुक्रवार धरानमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘म त सबै साथीहरूलाई भन्छु हामीले यो बिदा गरिसकेको राजाका बारेमा धेरै चर्चा पनि नगरौँ यो धेरै महत्त्व दिन आवश्यकै छैन,’ महामन्त्री थापाले भने, ‘राजा ल्याउँछु भनेर हिँडेका साथी त थाकेर घर फर्किसके। यिनका बारेमा धेरै चर्चा गरिराख्नु आवश्यक पनि छैन।’  नेपालका सन्दर्भमा कांग्रेसको अनुभवले नेपालको राजसंस्था कसैले पनि संवैधानिक बनाएर नबन्ने पुष्टि भइसकेको उनले बताए।

‘मैले त भनेको छु–यदि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेको जस्तो(मानौँ एक छिनलाई) नेपालको राजसंस्था फर्किएर संवैधानिक बनाउँछु भनेर नारायणहिटीमा राख्यौँ भने एक महिना नपुग्दै अहिले आन्दोलन गरिरहेको आधा मान्छेलाई लगेर थुनेन भने त्यो बेलामा सोच्नुपर्ला,’ थापाले भने।  यसको चरित्र नै त्यही रहेको उनले बताए। उनले भने, ‘यसले बिपी कोइरालालाई आठ वर्ष झ्यालखानामा लगेर थुन्यो। नेपालको राजसंस्थाको चरित्र नै संवैधानिक बन्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?