प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
२२ जेठ, काठमाडौं ।
नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिएको छ ।
बिहीबार प्रहरी हेडक्वार्टरले डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा थिए । एसएसपी थापालाई हेडक्वार्टरले सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment