१७ चैत्र २०८२, मंगलवार

काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

१६ जेठ, काठमाडौं । 

काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ।  शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।

प्रहरी परिसर काठमाडौँका अनुसार महाँकालबाट सीतापाइलातर्फ आउँदै गरेको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो। उदयपुरको कटारी नगरपालिका-७ घर भएकी परियार नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएकी थिइन्।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Post Comment

छुटाउनुभयो कि ?