त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
१५ जेठ, काठमाडौं ।
सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने अर्थमन्त्रीले बताएका छन् ।
पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेको छ । गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूको किफायती हुने गरी सञ्चालन गरिने भएको छ । यी विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा विशेष छुट समेत राज्यले दिने भएको छ ।

Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment