२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

 

१३ जेठ, काठमाडौं ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौँ महाधिवेशनमा क्षितिज थेबेको प्यानलले स्पष्ट बहुमत पाएको छ । मत परिणामअनुसार थेबे १८८ मतान्तरले विजयी भए । थेबेलाई ७९७ मत प्राप्त भयो । उनका निकटतम् प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाए ।

महासचिव पदमा भने महेश चौलागाईंले ७५५ मत ल्याउँदै विजय हासिल गरेका छन्, उनका प्रतिस्पर्धीले ६४९ मत पाएका थिए । १ हजार ७६४ मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ मत खसेका थिए । नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भए पनि सुमन पुरीले मतदानमार्फतै परिणाम घोषणा गर्नुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment