११ श्रावण २०८२, शनिबार

पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु

१३ जेठ, काठमाडौं ।

पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकैको सितलपुर जंगलमा कुरिलो खन्न गएका तीन जनामध्ये एक जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्याम बहादुर भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ ।

९ जेठका दिन साँझ ७ बजेतिर कुरिलो खन्न जंगल गएका मकवानपुरको मनहरीकै ६० वर्षीय भक्तबहादुर आले र ५१ वर्षीय श्रवण भुलनले भागेर ज्यान जोगाएका थिए । घटनाबारे प्रहरीले हिजो सोमबारमात्रै जानकारी पाएको बताएको छ । सूचनापछि घटनास्थलको मुचुल्का उठाइ मृतक भुलनको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?