काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
३ जेठ, काठमाडौं ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार (जेठ ३) दिउँसो बाप्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले बा६०प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक गोरखाका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको परिसरका प्रवक्ता एवं एसपी अलीलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment