विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
२४ वैशाख, काठमाडौं ।
रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा रहेको भन्ने सुनिएको भन्दै त्यसबारे मन्त्रीले जवाफ दिनुपर्ने बताइन्।
उनले भनिन्, ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु।’ उनले मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment