सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
२३ वैशाख,काठमाडौं ।
संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment