१० श्रावण २०८२, शुक्रबार

नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा

 

१९ वैशाख, काठमाडौं । 

नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखिएको छ । शुक्रबार विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनीक गर्दै  यस्तो जनकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने चालु आवकोको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ। तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको प्राधिकरणले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?