प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३, २०८०
|
|
११३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ ।
  • बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए ।
  • सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको छ ।

३ कात्तिक, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए । सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहिसकेका सल्लाहकार सापकोटा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।  त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अध्यापन पनि गराउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...