भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
११ वैशाख, संखुवासभा :
संखुवासभाको चैनपुर नगरपालिका –९ त्रिशुलेमा भीरबाट लडेर एकजना बालकको मृत्यु भएको छ। भीरबाट लडेर चैनपुर–९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका दिलबहादुर भण्डारीका ८ वर्षीय छोरा दिलीप भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।
बिहीबार दिउँसो साढे २ बजे बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु भएको हो। बाख्रा चराउन गएका ८ वर्षीय बालक भण्डारी चैनपुर–९ त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको टोली घटनास्थल पुगेको छ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्दमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Post Comment