धनगढीमा करेन्ट लागेर आमाको मृ*त्यु, छोरा घाइते
३० चैत, धनगढी —
कैलालीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो । कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो ।
घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । उक्त घटनामा विमलाका ३ वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment