२६ जेष्ठ २०८२, आईतवार

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

 

२९ चैत, काठमाडौं ।

राजावादी अभियन्ता दुर्गा प्रसाईं र उनका अङ्गरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई आज (शुक्रबार) दिउँसो झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

प्रसाईंलाई ल्याइएपछि काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने निर्णय गरिएको थियो । प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो । तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो । यद्यपि, प्रहरीले आज विज्ञप्ति जारी गर्दै प्रसाईंलाई झापाबाट पक्राउ गरिएको जानकारी दिएको छ । अब उनीमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Post Comment