तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
२९ चैत, दैलेख –
दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।
जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । ‘बच्चाको अवस्था सामान्य छ,’ उनले भने, ‘बाँकी अनुसन्धानबाट खुल्ला ।’ यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment