१२ श्रावण २०८२, आईतवार

बालेनले राप्रपालाई दिए धन्यवाद

 

२६ चैत, काठमाडौं ।

काठमाडौं  महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए । उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए ।

यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।’ उनले अगाडि थपेका छन्, ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?