पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
१६ चैत, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादी आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोमा आपत्ति प्रकट गरेका छन् । महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ । महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ ।
राप्रपाका अध्यक्ष थापाले भने यो पत्र फिर्ता लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’
थापाले अगाडि लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ । पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुछोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’
Post Comment